संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न ।

काभ्रे, पनौती १, रयाले ।
संस्थाको तेस्रो बार्षिक साधारण सभाको उद्घाटन समारोह असोज १ गते मानेदोभान स्थित श्री भालचन्द्र मा.बि. र आज समापन समारोह ढाँडाचौर स्थित श्री शान्ति निकेतन मा.बि.को प्राङ्गणमा सम्पन्न भयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न यस समापन समारोह कार्यक्रम संस्थाको अध्यक्ष श्री राजकुमार सापकोटाको अध्यक्षता रहेको थियो ।

यस वार्षिक साधारण सभाको समापन समारोहमा पनौती नगरपालिकाको सहकारी रजिष्ट्रार एवम् काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रथम उपाध्यक्ष श्री ईन्द्र प्रसाद अधिकारी ज्यूको बिशिष्ट आतिथ्यता र स्थानिय सहकारी, बिध्यालय, संघ संस्था तथा जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाका सचिव श्री श्यामहरि सापकोटा ज्यूले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित शेयर सदस्य तथा अतिथि ज्यूहरुलाई संस्थाको उपाध्यक्ष श्री रामचन्द्र सापकोटा ज्यूले मन्तव्य मार्फत स्वागत गर्नुभयो ।


समारोह कार्यक्रममा आ.व. २०७८/०७९ को संस्थाको प्रगति प्रतिवेदन पारित गर्ने सम्बन्धमा, संस्थाको आर्थिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने सम्बन्धमा तथा आ.ब.२०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, आ.ब.२०७९/०८० को लागि बार्षिक कार्ययोजना तथा बजेट पारित गर्ने सम्बन्धमा, शेयर लाभांश वितरण गर्ने सम्बन्धमा, संरक्षित पु“जी फिर्ताकोष वितरण गर्ने सम्बन्धमा, संस्थाको निती तथा कार्यविधि पारित सम्बन्धमा र विनियम संसोधनको लागि ३ महले विवरण सहितको बिभिन्न महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरि सभाले निर्णय गरि पारित गरियो ।


यस तेस्रो बार्षिक साधारण सभामा ७७ जना नयाँ शेयर सदस्य सहित कूल शेयर सदस्यहरु मध्ये २११३ जना ७१.०५ प्रतिशत शेयर सदस्यहरुको उल्लेखनिय उपस्थिति रह्यो ।