संस्थाको तेस्रो बार्षिक साधारण सभाको उद्घाटन समारोह सम्पन्न ।

काभ्रे, पनौती १, रयाले ।
          यस जनमैत्री बचत तथा ऋण सहकारी संस्था लि.को तेस्रो बार्षिक साधारण सभाको उद्घाटन समारोह मानेदोभान स्थित श्री भालचन्द्र मा.बि. को प्राङ्गणमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष श्री दिलिप शर्मा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा संस्थाको अध्यक्ष श्री राजकुमार सापकोटाको अध्यक्षता रहेको थियो ।

 

                 असोज १ र ३ गते सञ्चालन हुने यस वार्षिक साधारण सभाको उद्घाटन समारोहको कार्यक्रम संस्थाका सचिव श्री श्यामहरि सापकोटाले गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित शेयर सदस्य तथा अतिथि ज्यूहरुलाई संस्थाको उपाध्यक्ष श्री रामचन्द्र सापकोटा ज्यूले मन्तव्य मार्फत स्वागत गर्नुभयो ।

 

 

                गत आ.व. २०७८।०७९ को लेखा सुपरिवेक्षण प्रतिवेदन समितिका संयोजक प्रदिप सापकोटा ज्यूले सुझाव सहित प्रस्तुत गर्नुभएको थियो ।

संस्थाको गत बर्षको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष श्री केशव श्रेष्ठ ज्यूले प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा ४१ जना नयाँ शेयर सदस्य सहित कूल ८५९ जना शेयर सदस्यहरुको उपस्थिति रह्यो ।