अध्यक्षको भनाई
“समृद्धिका लागि सहकारी” भन्ने मुल उद्धेश्यका साथ यस “श्री जनमैत्री बचत तथा ऋण सहकारी संस्था लि. ले सहकार्य, स्वलम्बन र पारस्पिरिक हित, समृद्धिका लागि सहकारीको धारणालाई आत्मसाथ गर्दै प्रचलित सहकारी ऐन, नियमको परिपालना गर्दै पुँजी र सदस्यता एकिकृत गरि मजबुद सहकारी निर्माणको कठिन परिस्थिति पार गर्दै आज यो सहकारी यस भेगको अग्रणी संस्थाको रुपमा अगाडी बढ्दैछ । आ–आफ्नै उदेश्य र आ–आफ्नै मौलिकतामा रहेका साविक संस्थाहरुलाई एउटै उदेश्यमा ल्याई एकिकृत पुँजी नेतृत्व र सहकार्यको बाटोमा अगाडी बढ्न हामी सफल भएका छौं । यस संस्थालाई वर्तमान अवस्था सम्म ल्याई पुर्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्नु हुने साविक संस्थाको नेतृत्व कार्यदलमा रहि क्रियाशिल सदस्यहरु अभिभावकत्व प्रदान गर्नुहुने पनौती नगरपालिका, पनौती नगरपालिका वडा नं. १, आ–आफ्नो भुमिकामा रहि महत्वपुर्ण सहयोग प्रदान गर्नुहुने शेयर सदस्य, व्यवस्थापन पक्ष, समाजका अग्रज बुद्धिजिवी महानुभाव प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । एकिकृत यस संस्थाको उचाईलाई अझै माथि पुर्याउन आगामी दिनहरुमा समेत यहाँहरुको यस्तै सहयोग सद्भावको अपेक्षा गर्दछु ।