महिला उपसमितिको आयोजनामा तीज बिशेष कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न ।

काभ्रे, पनौती १, रयाले, २०७९ भाद्र ४ गते शनिबार ।

आज यस जनमैत्री बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा तीज बिशेष कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उप समिति संयोजक अनिता न्यासुरको अध्यक्षता र पनौती नगरपालिकाका उप प्रमुख श्री गीता बन्जारा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि पनौती नगरपालिका वडा नं.१ का वडाध्यक्ष श्री जय कुमार तामाङ हुनुहुन्थ्यो ।

कार्यक्रमको सञ्चालन देवकी अधिकारी ज्यूले गर्नुभएको थियो भने कार्यक्रममा अनिता लामाले सम्पूर्णलाई मन्तव्य सहित स्वागत गर्नुभयो । स्वागतमा महिलाहरुको आफ्नै रचना सहितको स्वागत गीत पनि सुन्ने अवसर मिल्यो । प्रमुख अतिथि पनौती नगरपालिकाका उप प्रमुख श्री गीता बन्जारा ज्यूले कार्यक्रमको ब्यानर वाचन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुदै महिला हक अधिकार र सीप बिकासमा महिलाहरुलाई अग्रसर गराउने बाचा सहित प्रमुख अतिथि ज्यूले महिलाहरुलाई समाजिक हरेक क्रियाकलापमा सहभागी हुन हौसला प्रदान गर्नुभगयो । विशिष्ट अतिथि पनौती नगरपालिका वडा नं.१ का वडाध्यक्ष श्री जय कुमार तामाङ ज्यूले यस किसिमको कार्यक्रमले महिलाहरुलाई समाजमा सक्षम र सवल बनाउन टेवा पुग्ने बताउनुभयो । कार्यक्रम मार्फत उहाँले यस किसिमको कार्यक्रमको लागि वडाको बिशेष पहल रहने र अधिकतम सहयोग गर्ने पनि भन्नुभयो ।

कार्यक्रममा संस्थाको अध्यक्ष श्री राजकुमार सापकोटा ज्यूले महिलाहरुलाई सक्षम र सिपमुलक बनाउन बिभिन्न महिला समुहहरुको गठन समेत भईसकेको र संस्थाको तर्फबाट सुत्केरी भेटघाट लगायत महिलामैत्री कार्यक्रमहरुलाई निरन्तरता गर्नुहुने बताउनुभयो ।

संस्थाको सञ्चालक समिति सहसचिव समेत रहनुभएका महिला उपसमिति संयोजक अनिता न्यासुरले जनमैत्री सहकारी जनमैत्री मात्र नभई महिलामैत्री पनि हो भन्ने सन्देश दिन यस कार्यक्रमले सहयोग गर्नेछ भन्नेमा आफु र आफ्नो टिम विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रमको मुख्य आकर्षण पनौती न.पा. वडा नं. १, रानीकोटमा जन्मिनु भएका संस्थाको शेयर सदस्य श्री गोमा सापकोटा हुनुहुन्थ्यो । उहाँले MOST ALTERNATE HITS USING A TABLE TENNIS PADDLE IN ONE MINUTE (मोस्ट अल्टरनेट हिट्स युजिङ टेबल टेनिस प्याडल ईन वान मिनेट) शिर्षकमा रहेको टेबल टेनिस प्याडल(ब्याट) प्रयोग गरेर सबैभन्दा बढी एक मिनेटमा २ सय ४९ पटक गरेर विश्व किर्तिमान राखी रयाले र सिंगो नेपालको गौरव बढाउन सफल हुनुभएकोले उहाँको योगदानको उच्च कदर गर्दै भावी खेल जीवनको उत्तरोतर प्रगतिको कामना सहित महिला उपसमितिले सम्मान गर्नुभयो । कार्यक्रममा सयौंको संख्यामा महिला सदस्यहरुको उपस्थिति थियो ।